स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने

वैशाख २३, काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् ।

निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने भएको हो । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।

संम्बन्धित समचार

Leave a Reply