आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतबाट अस्वीकार

वैशाख २३, काठमाडौ । रौतहटको राजपुर बमकाण्डमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कांग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा रौतहट जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो । त्यसपछि आलम उच्च अदालत पुगेर थुनामुक्त गर्न माग गरेका थिए। उच्च अदालतले पनि जिल्लाको आदेश नै सदर गरेको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका थिए। अहिले आलमको मुद्दा जिल्ला अदालत रौतहटमा बिचराधीन छ । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लागेपछि पक्राउ परेका थिए ।

 

संम्बन्धित समचार

Leave a Reply