बाढीपीडितलाई बेलकोटगढीमा नगर उपप्रमुख ढुंगानाद्वारा १ लाख सहयोग

बैशाख २३,नुवाकोट । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोरस्थित चन्द्र बहादुर लामाको घरमा क्षती पुगेको छ । बुधबार राती परेको अविरल बर्षाको कारणले क्षति भएकोमा नगर उपप्रमुख कविता ढुंगानाको पहलमा १ लाख नगद र त्रिपाल सहयोग गरेकी छिन् । स्थानीय खहरे खोलामा आएको बाढीले करिब ७ लाख बराबरको क्षती भएको लामाले बताए । बाढीले अन्नखेतीमा समेत असर गरेको छ ।

बाढीले क्षती पुगेपछि बेलकोटगढी नगरपालिकाका कार्यवहाक नगर उपप्रमुख कविता ढुंगानाको पहलमा १ लाख नगद र त्रिपाल सहयोग गरेकी छिन् । पिडतलाई नगरपालिकाले तत्काल बस्नको लागि ३ वटा त्रिपाल व्यवस्था गरेको छ । नगरपालिकाको विपद व्यवस्थापन कोषबाट ढुंगानाले तत्काल पिडितलाई राहत व्यवस्था गरेकी हुन् ।

संम्बन्धित समचार

Leave a Reply