नेप्सेमा एक ऋणपत्र सहित ४ कम्पनीको शेयर सूचिकृत

बैशाख २४, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक ऋणपत्र सहित ४ कम्पनीको शेयर सूचिकृत भएको छ । समता घरेलु लघुवित्त, महुली लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर साथै एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको होे ।

समता घरेलु लघुवित्त
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४०.३२ कित्ता शेयर सूचिकृत भएको छ ।

महुली लघुवित्त
नेप्सेमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । संस्थाको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४।४० कित्ता शेयर सूचिकृत भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७ सय २४ कित्ता शेयर सूचिकृत भएको छ ।

एभरेष्ट बैंक
नेप्सेमा एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामक ऋणपत्र सूचीकृत भएको छ । उक्त ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको कुल ८ लाख ५६ हजार ७८३ इकाइ सूचीकृत भएको हो ।

संम्बन्धित समचार

Leave a Reply