एकदिवसीय सिरिजमा नेपालविरुद्ध जिम्बावे ८७ रनमा अलआउट

वैशाख २४, काठमाडौं । दोस्रो एकदिवसीयमा पाहुना टोली जिम्बावे ’ए’ नेपाल विरुद्धको एकदिवसीयमा ८७ रनमा अलाउट भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपाली बलरको घातक बलिङका सामु जिम्बावेका ब्याट्सम्येन निरिह बने । उसका लागि जोनाथन क्याम्पवेलले २७, सिपाज जुआओले १० रे ब्राड इमान्सले नटआउट २० रन बाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालका लागि करन केसी र सोमपाल कामीले समान तीन–तीन विकेट लिएका छन् । सन्दिप लामिछानेले दुई विकेट र सागर ढकाले एक विकेट लिए । करनले ८ ओभरमा तीन ओभर मेडेन राख्दै १७ रन खर्चेका छन् भने सोमपालले ७ ओभरमा १६ रन खर्चिए । यस्तै सागरले ८ ओभरमा २७ रन दिए भने सन्दिपले ९ ओभरमा एक ओभर मेडन राख्दै २६ रन दिए । नेपलले केही बेरमा जवाफी ब्याटिङ् गर्दैछ ।

संम्बन्धित समचार

Leave a Reply