जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने तयारी

वैशाख २४, काठमाडौं । यातायात व्यवस्था विभागले जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरेको छ । त्यसपछि स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने विभागको दाबी छ ।

विभागका प्रवक्ता इश्वरीदत्त पनेरुका अनुसार वैशाख मसान्तसम्म सबै लाइसेन्स कार्यालयहरुले यसअघि फारम भरेकाहरुको परीक्षा लिइसक्ने अनुमान गरिएको छ । १ चैतदेखि देशभरका यातायात कार्यालयका लागि अनलाइन आवेदन बन्द गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply