अप्पर हेवाखोलालाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति,कति कित्ता आउँँदै ?

बैशाख २४, काठमाडौ । अप्पर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै अब अप्पर हेवाखोलाले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीमा ७० प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ। जसअनुसार संस्थापक समूहको ३० लाख कित्ता सेयर रहेको छ । यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ ।

संम्बन्धित समचार

Leave a Reply