दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बावे ‘ए’विरुद्ध नेपालको शानदार

बैशाख २४, काठमाण्डौ । नेपालले शनिवार भएको दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बावे ‘ए’विरुद्ध शानदार जीत निकालेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालका लागि सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट र सागर ढकालले एक विकेट लिएका थिए । शुक्रवार भएको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको थियो । सिरिजमा १–१ को बराबरीसँगै अन्तिम एकदिवसीय क्रिकेट सोमवार हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply