मौसम : आज राति देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

बैशाख २४, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । काठमाण्डौका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply