टौदहमा हाइकु यात्रा सम्पन्न

बैशाख २४,काठमाडौँ । नेपाल हाईकु केन्द्रको आयोजनमा टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न भएको छ ।वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिवार टौदहमा आयोजित ‘ऋतुगत हाईकु यात्रा’  २० जना हाइजिनहरुले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि  बाचन समेत गरेका थिए ।

कार्यक्रमको शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले हाइकुको बिकास र विस्तार जापनबाट भएको भए पनि अहिले यसको विश्वब्यापी लोकप्रियता रहेको बताए। प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने बताउँदै उनले ऋत र प्रकृतिको सम्बन्ध रहेकाले यात्रा हाइकुलाई जोड दिएको प्रष्ट पारे । कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै नेपाल हाइकु केन्द्रका उपाध्यक्ष डा. मित्रबन्धु पौडेलले हाइकु यात्रालाई बिगत केही बर्षदेखि निरन्तरता दिँदै आएको उल्लेख गरे । यसअघिका कार्यक्रममा वाचित सिर्जनालाई कृतिका रुपमा संग्रहित गरिएको स्मरण गराउँदै सिर्जनाको अभिलेखिकरण अपरिहार्य रहेकोमा जोड दिए।

टौदहको इतिहास र सुन्दरताबारे बणर्न गर्दै हाइकु लेखनलाई एक घण्टा समय दिइएको थियो । लेखन कार्य सकिएपछि हाइजिनहरूले टौदहको सुन्दर वातावरणमा तत्काल रचना गरेका १०/१०  हाईकु बाचन गरेका थिए। कार्यक्रममा रामकुमार पाँडे, शिरोमणि दवाडी, राम दयाल राकेश, मित्रबन्धु पौडेल,घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, किशोर बज्र बज्राचार्य, पशुपति दँगाल, बिजयराज आचार्य, चन्द्रकला शाह, बिष्णु तिवारी, शान्ति सापकोटा, गोपाल नेपाल, किरण पौडेल, असोकमान सिँह , सरस्वती पन्त, यादब ढुङ्गाना र पत्रकार सानू घायल लगायतका श्रष्टाहरूले हाइकु सिर्जना प्रस्तुत गरेका थिए । ऋतुहरुको बिषयमा हाईकु लेख्ने अभियान अनुरुप वसन्त ऋतुका अवसरमा यस बर्षको कार्यक्रम प्रारम्भ गरिएको कार्यक्रम सन्चालक  सन्चारकर्मी शिरोमणि दवाडीले जानकारी दिए । यसै अवसरमा डा. मित्रबन्धु पौडेलद्वारा रचित अंग्रेजी हाइकु संग्रह ‘आउट पौर’ र डा. यादव ढुङ्गानाद्वारा रचित कविता संग्रह ‘भावना –२’ पनि बिमोचन गरिएको थियो।

संम्बन्धित समचार

Leave a Reply