आईपीएलः दिल्लीमाथि चेन्नईको जित

बैशाख २६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले दिल्लीलाई हराएको छ । मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो ।

चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन जोड्न सक्यो । दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा शार्दुल ठाकुरले २४ रन जोडे । ऋषव पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बनाए ।

चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए । मुकेश चौधरी,सिमर्जित सिंह रड्वाने ब्राभोले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय इनिङ खेले । रुतुराज गायकवाटले ४१ रन जोड्दा शिभम डुबेले ३२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले अविजित २१ रन जोडे ।

दिल्लीका एन्रिच नोर्कियाले ३ तथा खलिल अहमेदले २ विकेट लिए ।

जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ । चेन्नई आठौं स्थानमा उक्लिएको छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply