अन्तिम एकदिवसीयमा नेपाल र जिम्बावे ए खेल्दै

बैशाख २६, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको अन्तिम एकदिवसीय खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

हाल तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply