ट्रोयससँग पीएसजीको बराबरी

बैशाख २६, काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

तर, ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै ट्रोयसलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ४९ औं मिनेटमा फ्लोरिनले गोल गर्दै ट्रोयसलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै पीएसजीले ३६ खेलमा ८० अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । पीएसजीले यस अघि नै उपाधि जितिसकेको छ । ट्रोयस ३७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply