मतदानको समयमा त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन

वैशाख २७, काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा पानी पर्ने भन्दै सचेत गराएको छ । विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले सचेत गराएको हो । स्थानीय तह निर्वाचनको दिन पानी पर्ने सम्भावना देखिएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपेटिका सुरक्षित राख्नको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । तत्काल आयोगले पानीबाट ओत्ने सामग्री खरिद गरेर पठाउन सकिने सम्भावना नरहेको उनले बताए । स्थानीय तहमा रहेको विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापन समितिसँग यस्ता खालका सामाग्री रहेकाले त्यहीबाट व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply