धादिङ गजुरीमा २० केजी लागूऔषधसहित दुई जना पक्राउ

वैशाख २७, धादिङ । धादिङ गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम सहित २ जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशव तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तामाङ रहेका छन् ।

किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा ८५ प ३७७० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply