रिभर फल्स पावरको आईपीओ आजदेखि बिक्री खुला

बैशाख २८, काठमाडौँ । रिभर फल्स पावर लिमिटेडको आईपीओ आज (बैशाख २८ गते)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको कुल जारी शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संम्बन्धित समचार

Leave a Reply