श्रीलंकामा कर्फ्यू उल्लंघन गर्नेलाई गोली हान्न आदेश

बैशाख २८, काठमाडौँ । श्रीलंकामा कर्फ्यू उल्लंघन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । प्रदर्शन उग्र हुन थालेपछि कफ्यू उल्लंघन गर्नलाई गोली चलाउन आदेश दिइएको हो ।

आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरू भएका छन् ।

सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीले गाडीहरूमा आगजनी र तोडफोड गरेका छन् । सोमबार प्रदर्शनकारीले निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घरमा आगजनी गरेका थिए । प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए ।

प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरूको घरमा आगजनी भएको छ । उनीहरूले पनि अन्यत्र शरण लिएर बसिरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरूले जनाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply