कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बैशाख २८, काठमाडौँ । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार विहान ट्रकको ठक्करबाट मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका २ बस्ने ४५ वर्षीय दिवाकर अधिकारी रहेको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ ।

गम्भीर घाइते भएका उनको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थानकोटबाट स्यवम्भूतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ७३४५ नम्बरको टिपरले आज बिहान ३ बजे ठक्कर दिएको हो ।

दुबै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply