भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

बैशाख २८,काठमाडौँ । भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान आएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट काठमाडौं हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply