नेप्सेको उकालो यात्रा जारी : आज ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा !

बैशाख २८, काठमाण्डौ यो साताको सुरुवातदेखि नै नेपाल स्टक एक्सचेञ्जमा निरन्तर वृद्धि भइरहेको छ । साताको कारोबारको चाथोे दिन पनि आज बुधबार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १९२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल फाइनान्स, नेशनल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply