रिभर फल्स पावरको आइपीओमा कति दिने आवेदन ?

रिभर फल्स पावरले आजबाट आइपीओ निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता अंकित मुल्य रु १०० दरका २७,३०,००० कित्ता शेयर मध्ये ५४,६०० कित्ता अर्थात २ प्रतिशत कम्पनीका कर्मचारीका लागि र १,३६,५०० कित्ता अर्थात ५ प्रतिशत साधारण शेयर सामुहिक लगानी कोषहरुमा बाडफाड गरि बाँकि रहने २५,३८,९०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

कति कित्ता शेयर पर्ला ?

धितोपत्र निष्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार आवेदकहरुलाई सुरुमा १०।१० कित्ता दिँदै जानु पर्ने छ । कम्पनीले सर्वसाधरणको लागि २५ लाख ३८ हजार ९ सय कित्ता सेयर निष्काशन गरेको छ जसको अर्थ २ लाख ५३ हजार ८ सय ९० जनालाई मात्र १० कित्ता सेयर प्राप्त हुने छ । हाल ४२,६४,५८२ जना मेरोसेयर प्रयोग कर्ता संख्या रहेका छन्  । यस आइपीओमा मात्र १० कित्ता आवेदन दिँदा उपयूक्त हुने छ ।

संम्बन्धित समचार

Leave a Reply