पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

वैशाख २८,काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार बुधबार २१ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन् । बुधबार १६ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

 

संम्बन्धित समचार

Leave a Reply