रेमिट्यान्सले धानेको नेपालमा ७ खर्ब २४ अर्ब भित्रियो, श्रम स्वीकृति लिने नेपाली उल्लेख्य !

बैशाख २८, काठमाण्डौ । नेपाल भित्रिने रेमिट्यान्समा सामान्य कमी आएको छ । साउनदेखि चैतसम्म रेमिट्यान्समा शून्य दशमलव ६ प्रतिशतले कमी आइ सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको नौ महिनामा रेमिट्यान्स आयात १६ दशमलव ५ प्रतिशतले बढेको थियो । यस्तै यो वर्षको अमेरिकी डलरमा रेमिट्यान्समा २ दशमलव २ प्रतिशतले घटेर ६ अर्ब पाँच करोड रुपैयाँ कायम भएको छ ।

यस्तै नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेर दुई लाख ५६ हजार ३१ जना पुगेको छ । अघिल्लो वर्षको नौ महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ७४ दशमलव ९ प्रतिशतले घटेको थियो ।

संम्बन्धित समचार

Leave a Reply