मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु

बैशाख ३०, बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।

आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply