लालझाडी–६ मा कांग्रेसको प्यानल नै विजयी

बैशाख ३१, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् ।

जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।

वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

संम्बन्धित समचार

Leave a Reply