पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

बैशाख ३१, काठमाण्डौ । आज देशका पहाडी क्षेत्रमा मौसम बद्ली भएको छ । प्रदेश एक, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश एक, वाग्मती, गण्डकीसहित पहाडी क्षेत्रमा मौसम बद्ली हुने सम्भावना छ । बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश एक, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ साथै मधेस प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश एकसहित देशका अन्य प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply