थाक्रेमा ७६ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

बैशाख ३१, धादिङ । थाक्रेमा २० हजार ८ सय ४८ मत खसेको छ । वडा नम्बर १ मा १९ सय ८१ मतदाता रहेकोमा १५ सय ५४ मत खसेको छ । वडा नम्बर २ मा ३५ सय २७ मतदाता रहेकोमा २८ सय ५०, वडा नम्बर ३ मा ३१ सय ३४ मत रहेकोमा २५ सय २६ मत खसेको छ । यसैगरी वडा नम्बर ४ मा २२ सय ३९ मातदाता रहेकोमा १६ सय २३ मत खसेको छ ।

वडा नम्बर ५ मा २ हजार २ मत रहेकोमा १५ सय ११, वडा नम्बर ६ मा १८ सय ४२ मतदातामा १५ सय २६, वडा नम्बर ७ मा ३११८ मतदाता रहेकोमा २२ सय ३५,वडा नम्बर वडा नम्बर ८ मा २४ सय ७२ मतदाता रहेकोमा १९ सय १, वडा नम्बर ९ मा २ हजार ३२ मत रहेकोमा १५ सय ४९,वडा नम्बर १० मा २७ सय ८० मत रहेकोमा १८ सय ८६ र वडा नम्बर ११ मा २१ सय १२ मत रहेकोमा १६ सय ८७ मत खसेको छ ।

थाक्रेमा २७ हजार २ सय ३९ मतदाता रहेका छन् । थाक्रेमा ७६ दशमलव ५३ प्रतिशत मत खसेको छ ।

संम्बन्धित समचार

Leave a Reply