पेपको टिमको महत्वपूर्ण जित

मंसिर १९, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी पाँच बनाएको छ ।

अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वाट्फोर्डलाई २–१ ले हराएको हो । सिटीको जितमा लिरोय साने र रियाद महरेजले गोल गरे । यस्तै वाट्फोर्डका लागि एब्दुलायी दुकुरले गोल गरे ।

४० औँ मिनेटमा सानेले गोल गर्दै सिटीलार्य पहिलो हाफमा १–० को अग्रता दिलाए । यस्तै ५१ औँ मिेटमा महरेजले गोल गरेपछि सिटीको अग्रता दाब्बर भयो ।

तर खेलको अन्तिम समयमा वाट्फोर्डले खेलमा फर्किने संकेत गर्‍यो । ८५ औँ मिनेटमा वाट्फोर्डका लागि दुकुरले गोल गरे । तर त्यो हार टार्न पर्याप्त भएन ।

जितपछि सिटीको १५ खेलबाट ४१ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको ३६ अंक छ । २० अंकसहित वाट्फोर्ड १५ औँ स्थानमा छ ।

मंगलबार राति नै भएको खेलमा बोर्नमाउथले हडर्ल्सफिल्ड टाउनलाई २–१, ब्राइटनले क्रिष्टल प्यालेसलाई ३–१ तथा वेष्ट ह्यामले कार्डिफलाई पनि ३–१ ले नै हरायो ।

संम्बन्धित समचार

Leave a Reply