प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु

जेष्ठ ४ , काठमाण्डौ। सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पनन फोहोरले विरलै मानिसलाई तत्काल मार्छ । तर, यसले हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउछ ।

प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट आयोगले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ । ‘प्रदूषण मानव स्वास्थ्य र ग्रह अस्तित्वमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’, अध्ययनमा भनिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply