नेपालमा तीन मौसमी प्रणालीको असर

जेठ ५, काठमाडौँ । नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव छ । हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा अपराह्नपछि आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भने अन्य प्रदेशका पहाडी भू–भागमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply