थाक्रेमा अध्यक्षमा आचार्य,उपाध्यक्षमा थापा विजयी, वडामा को – को ?

जेठ ६, धादिङ । जिल्लामा मतपरिणाम आउन बाकी रहेको अन्तिम पालिका थाक्रेमा पनि मतगणना सकिएको छ । ११ वटा वडाको अन्तिम मतपरिणाम आउदा पालिका अध्यक्ष रामकुमार आचार्यले १० हजार ३ सय ५५ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामप्रसाद बिँडारीले ८ हजार १ सय १६ मत ल्याए । यता उपाध्यक्षमा माओवादी केन्द्रका यन्त्रबहादुर थापा (जिदगी) ९ हजार ४ सय ३१ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी एमालेकी अम्बिका रुपाखेतीले ९ हजार ९१ मत ल्याइन ।

वडामा को-को भए विजयी ?

वडा नं १ श्यामसुन्दर थापा , एमाले

वडा नं २ टिकाराम तामाङ,माओवादी केन्द्र

वडा नं ३ विजय तामाङ,मोआवादी केन्द्र

वडा नं ४ आशाराम तामाङ,(उनि एकिृकत समाजवादी पार्टीले टिकट दिएको तर हँसिया हथौडा चिन्ह लिएर उठेका हुन् ।)

वडा नं ५ सन्तबहादुर तामाङ,एमाले

वडा नं ६ हिरा बहादुर थापा (राजेन्द्र) , माओवादी केन्द्र

वडा नं ७ युवराज खतिवडा, एमाले

वडा नं ८ प्रेम बहादुर थापा (रामेश्वर),एकिकृत समाजवादी

वडा नं ९ श्यामचन्द्र आचार्य, एमाले

वडा नं १० गोकुल प्रसाद लामिछाने, एमाले

वडा नं ११ सुदर्शन पाण्डे,नेपाली काङ्ग्रेस

संम्बन्धित समचार

Leave a Reply