एमाले उपाध्यक्ष पौडेलको वडामा कांग्रेसका पङ्गेनीको जित

जेठ ६, काठमाडौ । एमाले उपाध्यक्ष बिष्णु पौडेलले मतदान गरेको बुटवल-८ मा कांग्रेसले वडाध्यक्ष जितेको छ । पूर्व नगर अध्यक्ष समेत रहेका एमालेका ज्ञानप्रसाद अर्याललाई हराउँदै कांग्रेसका यज्ञप्रसाद पङ्गेनी वडाध्यक्षमा विजयी भएका हुन ।

पङ्गेनीले १ हजार ५ सय ३९ मत प्राप्त गर्दा अर्यालले १ हजार ५ सय ८ मत प्राप्त गरेका हुन् । पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलको घर बुटवल ८ मै छ । बुटवलका १९ वडामध्ये १७ वडाको नतिजा आएको छ ।

ती मध्ये एमालेले ४ वटा वडा मात्रै जितेको छ । गएको स्थानीय चुनावमा १६ वटा वडामा एमाले विजयी भएको थियो । बुटवलको सबैभन्दा धेरै १० हजार बढी मत खसेको वडा नम्बर ११ को मतगणना सुरु हुँदैछ ।

संम्बन्धित समचार

Leave a Reply