बेलकोटगढीको मेयरमा जगत लामा विजयी

जेठ ७,काठमाडौँ । बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर गुरुङ (जगत लामा) नगरप्रमुखमा विजयी भएका छन् । उनि १३ हजार २ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ७ सय ९४ मत ल्याए । यता नगरउपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार शिव दाहालले १० हजार ७ सय ६६ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याइन् ।

संम्बन्धित समचार

Leave a Reply