चन्द्रागिरीमा बहुमत सदस्यसहित जितेर फर्किए गिरी

जेठ ७,काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी अत्याधिक बहुमत ल्याएर नगरप्रमुखमा विजयी भएका छन् । गिरी १५ हजार ४ सय ७५ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी उत्तम बहादुर राउतले १४ हजार ६ सय ५१ मत ल्याए । यता नगर उपप्रमुखमा बसन्ती श्रेष्ठ १५ हजार ५ सय ६४ मत ल्याएर विजयी भएकी छिन् । अर्का प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका रोशन दानीले ४ हजार ४ सय ५९ मत ल्याए ।

यसभन्दा अघिको कार्यकालमा नगरप्रमुख गिरी अल्पमतमा थिए । यसपाली गिरी बहुमतसहित फेरि नगरप्रमुखमा पर्किएका छन् । चन्द्रगिरीमा नेपाली कांग्रेसले मात्रै ९ वटा वडा जितेको छ । नेकपा एमालेले ४ वटा वडा जितेको छ । भने नेकपा माओवादी केन्द्रले २ वटा वडा जितेको छ ।

गिरीले शुक्रबार सपथ ग्रहणसहित पदभार ग्रहण गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply