भारतको तीन राज्यमा बाढी र चट्याङले ४८ जनाको मृत्यु !

जेठ ७, काठमाडौ । भारतका विभिन्न ठाउँमा अत्यधिक वर्षा र चट्याङका कारण जनजीवन प्रभावित भएको छ। धेरै ठाउँमा अध्यधिक गर्मीको समस्या देखिरहेको बेला भारतका तीन राज्यमा अत्यधिक वर्षा र त्यसपछि आएको बाढी र चट्याङले जनजीवन प्राभावित बनाएको हो । भारतको विहारमा शुक्रबार आएको तुफान र चट्याङ लागेर ३३ जनाको मृत्यु भएको छ। विहार राज्यका विभिन्न १६ जिल्लामा यो संख्यामा मानिसहरुको मृत्यु भएको छ।

त्यस्तै, भारतको असम राज्यका चार जिल्ला नागांव, होजई, कछार र दखरांगमा पनि बाढीका कारण जनजीवन निकै प्रभावित भएको छ। अहिलेसम्म यी ठाउँमा अत्यधिक वर्षा र बाढीका कारण १५ जनाले ज्यान गुमाएका छन्। सँगै ५ सयभन्दा धेरै परिवार वर्षाका कारण रेलवे ट्रयाकमा रहन बाध्य हुने अवस्था आएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply