स्थानीयलाई जेलमा थुनेर बन्चरेडाँडामा दादागिरी शैलीले फोहोर फ्याँकियो !

जेठ १०,धादिङ । काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको छ । आज बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर बिसर्जन गरेको काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरीता राईले जानकारी दिइन् ।

अहिले फोहोर बोकेर आएका गाडी प्रहरीको सुरक्षामा बिर्सजन भइरहेको छ । यता धुनिवेशी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङसहित केही स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष तामाङसहितका स्थानीयले बन्चरे डाँडामा आवश्यक संरचना तयार नभएको,जनप्रतिनिधिसंग कुनै किसिमको सहकार्य नगरेको, बल प्रयोग भएको लगायत विषयमा माग सम्बोधन नगरी महानगरले जर्वजस्ती गरेको पुर्ववडा अध्यक्ष चन्द्र तामाङले अनलाइनकेन्द्रलाई बताए ।

उनले भने–’प्रहरीले स्थानीय समाउने,जर्वजस्ती फहोर फाल्ने कति दिनसम्म गर्ने ? अब हामी कुनैपनि हालतमा फोहोर फ्ँयाक्न दिँदैनौ, हामी सबै आन्दोलित भएका छौँ । हामी बन्द गछौँ ।’ उनले थपे–’एक्कासी दादागिरी शैलीमा फहोर फल्ने काम भयो, स्थानीयलाई सुरुमै बिच्काउने काम गरियो, महानगरले यसको मुल्य चुकाउन पर्छ ।’
उनले बन्चरेडाँडामा फोहोर फ्ँयाक्न अझै ६/७ महिना लाग्ने बताए । काठमाडौँमा फोहोर भयो भनेर अहिले हतार गर्दा सिसडोलवासीकै पिडा धुनिवेशीवासीले पनि भोग्नपर्ने बताए ।

 

संम्बन्धित समचार

Leave a Reply