गल्छी गाउँपालिकाले आपतकालिन अवस्थाका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

जेठ १०,धादिङ । धादिङको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै आपतकालिन अवस्थाका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णयसमेत गरेका छन् ।

गल्छीका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिकाको बैठकले गल्छीको स्वास्थ्य संस्थाले अन्य अस्पतालमा सिफारिस गरिएका गल्छीका आपतकालिन अवस्थाका विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो ।

खतिवडाले आजै गल्छी गाउँ पालिका उपाध्यक्ष भाईकाजी तिवारी, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सपथग्रहणपछि पदबहाली गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply