कटारी नगरपालिकाको वडा नम्बर ३ मा पुस्कर खड्का विजयी

जेठ १२,उदयपुर । कटारी नगरपालिकाको वडा नम्बर ३ मा पुस्कर खड्का विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका खड्काले ७ सय ८७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्र राईले ५ सय ३२ मत प्राप्त गरे ।

कटारी उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका खड्का कटारीमा लोकप्रिय व्यवसायी तथा समाजसेवीको रुपमा स्थापित छन् । उनले निर्वाचित भएपछि कटारी ३ को विकासमा आफु निरन्तर लाग्ने बताए । खड्काले अनलाइनकेन्द्रसंग भने-‘मलाई यहाँको सबै समस्या थाहा छ, आम जनताको सेवा गर्ने मेरो रहर पुरा भएको छ, उहाँहरुको मन दुख्नेगरी कुनै किसिमको व्यवहार गर्दिन् ।’

उनले समग्र कटारी नगरपालिकालाई विकास गर्न आफुले सक्दो योगदान दिने समेत बताए ।

संम्बन्धित समचार

Leave a Reply