तिलोत्तमा नगरको प्रमुखमा गृहमन्त्रीका भाइ विजयी

जेठ १३, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।

तिलोत्तमामा खसेको ६४ हजार ७२० मतमध्ये कांग्रेसका खाँणले २४ हजार ३९६ मत प्राप्त गरे । नेकपा एमालेका उमेदवार मोहन चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन् ।

उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत ल्याएका छन् ।

१७ वडा रहेको तिलोत्तमा नगरपालिकामा वडा नम्बर २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेस विजयी भएको छ । १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमाले निर्वाचित भएको छ । तिलोत्तमामा कांग्रेस र माओवादीको तालमेल थियो ।

नवनिर्वाचित मेयर रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारहरुसँग उनले आफ्ना एजेण्डालाइ मतदाताले सदर गरेकोभन्दै अब सबैलाई मिलाएर काम गर्ने बताए । “तिलोत्तमालाई देशकै उत्कृष्ट, भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ । र, यो पूरा गर्छु । मलाई आफ्नो मत दिएर जिताउनु हुने सबैप्रति कृतज्ञ छु,” उनले भने ।

संम्बन्धित समचार

Leave a Reply