काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन धन्यवाद सभा गर्दै

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन् । उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे । आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याए ।

उपप्रमुख ९उपमेयर० मा भने सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भइन् । उनले ६८ हजार ६१२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

यस्तै काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेनले धन्यवाद सभा गर्दैछन् । आज बिहान टुँडीखेलमा बालेनको धन्यवाद सभा हुने उनका समर्थक तथा कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।

त्यसअघि बालेनका समर्थकहरू प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुनेछन् । त्यसपछि र्‍याली निकालिनेछ । र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ ।

संम्बन्धित समचार

Leave a Reply