राप्ती हाइड्रोले स्थानीय बासिन्दाका लागि आईपीओ ल्याउँदै

जेठ १३, काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरमा ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको हो ।

आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply