वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

 

रामेछाप – मन्थलीमा गएको मध्यरातदेखि परेको ठूलो वर्षात पछि रणजाेर खोलामा आएको बाढीले कक्षाा ११ काे परीक्षाा दिन गएका ७ जना विद्यार्थी बगाएकाे छ ।  ६ जनाकाे उद्धार गरिएकाे छ भने एकजना अझै बेपत्ता रहेकाे छन् ।

 

सदरमुकाम मन्थलीमा रहेको मन्थली शहिद स्मृति बहुृमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छात्रा कृष्मा फुयाल बेपता भएकी छिन्। मन्थली नगरपालिका ७ मा रहेको रुद्राक्षेश्वर उच्च मावि परिक्षा केन्द्रमा परीक्षा दिन गइरहेका ७ जना विद्यार्थीहरुलाई रणजोर खोलाको बाढीले बगाएको थियो।

 

खोलाले बगाएर तामाकोशी नदीमा पु-याएका मध्ये ४ जना विद्यार्थी  भने पौडिएर निस्किन सफल भएका थिए। २ जनालाई भने उद्धार गरिएको र एकजना अझै बेपता छन्।  बेपताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले बताए। उनले अन्य विद्यार्थीलाई पनि खोलाले बगाएको हुन सक्ने आशंका गरिएको बताए।

 

बजार आसपासका केही क्षेत्र डुबानमा परेका छन्। मध्यरातदेखिको पानीले बजार आसपासमा रहेका खोल्साखाल्सीहरुमा एक्कासी पानीको वहाव बढ्न थालेपछि स्थानीय चिन्तित बनेका छन्।

 

वर्षात पछि आएको बाढीले मन्थली बजारको बसपार्क र खाँदबारी लगायतका क्षेत्रका केही बस्ती डुबानमा परेका छन्। बाढीले केही घर र पसलहरुमा समेत क्षति पु-याएको छ। बस्ती डुवानमा पर्न थालेपछि स्थानीयको उद्दारमा प्रहरी खटिएको छ।

 

पानीले सडक समेत अवरुद्ध  हुन पुगेका छन्। सडक अबरुद्ध हुँदा सवारी आवागमन प्रभावित बनेको छ। रोेकेर राखेका यातायातका साधानहरु समेत भल र गेगरले पुरिएका अवस्थामा अलपत्र रहेका छन्। सवारी नचल्दा जिल्लाबाट बाहिरने सर्वसाधारण मारमा परेका छन्। अवरुद्ध रहेको सडकलाई खुलाउने र पुरिएका यातायातका साधनहरुलाई निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply