स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताद्धारा पार्टी परित्याग

जेठ १४, काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन् ।

निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् । एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply