‘अब उत्पादन,कृषि र जमिनसंग जोडिनपर्छ’: सभापति सुमार्गी

जेठ २१,विरगञ्ज । विरगञ्ज उद्योग बाणिज्य संघको ४६ औँ बार्षिक साधारण सभामा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रको सभापति अरुणराज सुमार्गीले विरगञ्जलाई देशको आर्थिक हबको रुपमा व्यवस्थित गर्नपर्नेमा जोड दिएका छन् । उनले उद्योग बाणिज्य संघ विरगञ्जले आफु मध्यमाञ्चलको अध्यक्ष हुँदादेखि नै गरेको माया अहिले पनि कायम रहेकोमा आभार व्यक्त गरे ।

अर्थमन्त्री जर्नादन शर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा सुमार्गीले सरकारले ल्याएको बजेट कस्मेटिक तर जनताको सवालमा सुन्दर रहेको बताए । उनले भने–’बजेटले कृषि उत्पादन र व्यवस्थापनलाई जोड दिएका छ, अव उत्पादनसंग,कृषिसंग र जमिनसंग जोडिनपर्छ भन्ने मेरो भनाइ छ ।’

व्यपार घाटालाई घटाउन सरकारले ध्यान केन्द्रित गरेको उनले बताए । उनले भने-‘हामीले कृषिमा योजना गरिरहेका छौँ, अर्थमन्त्री जी संग पनि मेरो यस विषयमा छलफल भइरहेको छ, विगत केहि समयदेखि कृषि उद्यम केन्द्रले सय किसान अभियान सञ्चालन गरिरहेका छौँ, त्यो अभियानमा सानो कृषि औजार कारखानादेखि,बिउ उत्पादन,वातानुकुलित हाइटेक नर्सरी बनाइरहेका छौँ,बजेटले आधुनिक कृषिलाई जोड दिएका छ, यसलाई हामी सरकार र निजी क्षेत्र मिलेर कार्यान्वयनमा जोड दिनुपर्छ ।’ उनले सरकारले अहिलेको बजेटमा निजी क्षेत्रलाई संगै सहयात्रीको रुपमा लैजान खोजेको र यो सकारात्मक भएको उल्लेख गरे ।

संम्बन्धित समचार

Leave a Reply