आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानविरुद्ध खेल्दै

जेठ २६, काठमाण्डौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानविरुद्ध खेल्दैछ । खेल अमेरिकाको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे सुरु हुनेछ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । ओमान पनि आज जित निकाल्दै सुखद सुरुवातको लक्ष्यमा रहनेछ ।

नेपाल र ओमान चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुईले हालसम्म चार एकदिवसीय अन्तर्राष्‍ट्रियमा एक अर्काको सामना गर्दा नेपालले एक तथा ओमानले तीन खेल आफ्नो पक्षमा पारेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply