अब नमस्ते पे एपबाटै टेलिकमको डेटा र भ्वाइस प्याक लिन सकिने

काठमाडौं । अब नमस्ते पे प्रयोगकर्ताले मोबाइल एपबाट सोझै नेपाल टेलिकमको डेटा तथा भ्वाइस प्याक खरिद गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको कम्पनीले यो नयाँ सुविधा ल्याएको हो ।

नमस्ते पेले इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी यूएसएसडी कोडमार्फत बैंक र वित्तीय पहुँच नभएको ग्रामीण क्षेत्रमा पनि डिजिटल कारोबार गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।

आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य कम्पनीले लिएको छ । यसका लागि कम्पनीले आफ्नो एपमा स्मार्ट क्यूआर समेत समावेश गरिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply