चालिसेमा यामाहाको आधिकारिक शोरुम केइडेन ब्रदर्श अटोमोबाइल्सको शुभारम्भ

जेठ ३०,धाुदिङ । धुनिवेशी नगरपालिकामा यामाहाको आधिकारिक शोरुम केइडेन ब्रदर्श अटोमोबाइल्सको शुभारम्भ भएको छ । यामाहाले आज एक कार्यक्रमकोबीच सेवा शुभारम्भ गरेको हो । शोरुमको धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले रिवन काटेर उदघाटन गरेका थिए ।

धुनिवेशी–६ का दिनेश लामा प्रोपाइटर रहेको शोरुमको उदघाटनको क्रममा धुनिवेशी वडा नम्बर ६ का अध्यक्ष रमेशप्रसाद आचार्य,वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी, वडा नम्बर ५ का अध्यक्ष विशाल भट्टराई, एकिकृत समाजवादी धुनिवेशीका अध्यक्ष गोकुल रेग्मी,धुनिवेशी नगरपालिकाका प्रशासन प्रमुख श्यामशुन्दर पाण्डे,स्वास्थ्य शाखा प्रमुख ध्रुव अधिकारी,कृषि शाखा प्रमुख सन्तोष खड्का, यामाहाका प्रतिनिधि सरोज घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

शोरुमको उद्धघाटन गर्दै वडा अध्यक्ष रमेश आचार्यले धुनिवेशी विस्तारै व्यवसायिक हव बन्दै गएको बताए । उनले शोरुमको व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कंडेलले राजमार्ग क्षेत्रमा यमहाको शोरुम आउनु सुखद पक्ष भएको बताउदै उनले शोरुमलाई नगरपालिकाको सहयोग रहने बताउदै नगरपालिकाको पनि विभिन्न नियम पालना गर्न आग्रह गरे । उनले शोरुमको व्यवसायिक सफलताको कामना व्यक्त गरे ।

संम्बन्धित समचार

Leave a Reply