त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ

असार १, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंह छन् ।उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानबाट काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्यान्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply