नेप्सेमा २९.८९ अंकको गिरावट !

असार १,काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९.८९ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक डेढ घण्टाको समयमै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयसम्ममा २९ अंक घटेर बन्द भएको हो ।

यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् ।

जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा जीवन बीमा समूह १३४ अंकले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूह ५३ अंकले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले प्रशस्त आम्दानी गर्न सकेनन् । यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply