मलेसियाको क्वालालम्पुरमा नेपाल र कुवेतको खेल हुँदै

असार ४, काठमाण्डौ । मलेसियाको क्वालालम्पुरमा नेपाल र कुवेतको खेल आज दिउसो १२ः४५ बजे हुनेछ । एसीसी च्याम्पियनसिपमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले शुक्रबार भूटानलाई ५० रनले पराजित गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भूटान ४४ रनमै समेटिएको थियो ।

समूह ‘बी’ मा रहेको पहिलो खेलमा जित हासिल गरेसँगै दुई अंक सहित तालिकाको शीर्षस्थानमा छ । बहराइन र कुवेत भने शुक्रबार बराबरी खेलर एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । भूटानले अंक जोड्न सकेको छैन भने हङकङ आज बहराइनसँग भिड्दै छ ।

संम्बन्धित समचार

Leave a Reply